महाबिर पुनसंग अमेरिकाको भर्जिनिया र मेरिल्याण्डमा छलफल हुने


नेपालको दुर दराजमा सुचना प्रविंधीको पहुँच कसरी पुर्याउन सकिन्छ भनेर यसका अभियन्ता महाबिर पुनसंग अमेरिकाको भर्जिनिया र मेरिल्याण्डमा छलफल कार्यक्रम हुने भएको छ |

एउटा छुट्टै कार्यक्रममा सहभागी हुन अमेरिका आउन लाग्नु भएका पुनसंग उहाँ कै आग्रहमा  स्थानिय सामाजिक अगुवाहरुले यो कार्यक्रमको आयोजना गरेका हुन् |

नेपालमा राष्ट्रिय आविस्कार केन्द्रको आविस्कारक एवं ईक्वालिटी फांउण्डेशनका संरक्षक महावीर पुनलाई नोर्दन भर्जिनिया डिसी मेट्रो क्षेत्रको फेयर फ्याक्स र मेरिल्यान्डको बाल्टिमोरमा कार्यक्रमको तय भएको आयोजकहरुले सार्बजनिक गरेका छन् |

"कार्र्क्रममा राजनीतिक नेताहरुले गर्ने जस्तो एकोहोरो भाषण हुनेछैन। छलफल र प्रश्नोत्तर गरेर समृद्ध नविन नेपाल निर्माण अभियानमा आविस्कार केन्द्रको भुमिका र योगदानका बारेमा बृहत छलफल हुनेछ।"  ईक्वालिटी फाउण्डेशनका तर्फबाट  सामाजिक अभियन्ता कृष्ण सादगीले सार्बजनिक गरेको निमन्त्रणामा उल्लेख छ |

त्यस्तै, मेरिल्याण्डको बाल्टिमोरमा पनि पुनसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम हुने भएको आयोजक पदम पुनले जानकारी दिनु भएको छ |

भर्जिनिया र बाल्टिमोरमा हुने कार्यक्रमको मिति स्थान र समयको जानकारी यस्तो छ :

मेरिल्याण्डमा 
कार्यक्रम हुने स्थान/ मिति र समय:
11550 Philadelphia Rd
Suite: 100 (Green Pizzeria)
White Marsh, MD 21162
Time: 9-10 PM sharp
Thursday, Oct 6, 2016
सम्पर्क तथा बिस्तृत जानकारीका लागि:
Padam Pun (443-813-5347)

भर्जिनियामा
कार्यक्रम निम्न स्थान, मिति र समयमा हुनेछ।
Venue : 4031 University Dr. Fairfax VA 22030
Date : Friday, 7th October 2016, Time : 6:30 to 8:30