काभ्रेमा मिनि बस दुर्घटना, २ को मृत्यु, ११ घाइते

काठमाडाैं, २८ असाेज । पाँचखाल -१६ भान्चे पोखरी भन्ने स्थानमा मिनि बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ११ जना घाइते छन्। केहीको अवस्था गम्भीर छ।

पलाञ्चोकभगवती दर्शन गरेर फर्कँदै गरेका यात्रु चढेको किर्तिपुर यातायातको बा४ख १९१३ नम्बरको मिनि बस सडकबाट करिब २ सय मिटर तल खसेको स्थानीय देवु पौडेलले टेलिफोनमा जानकारी दिए ।

काभ्रेका जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाका अनुसार १ जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। घाइते ११ जनालाइ उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ । केही घाइतेको अवस्था गम्भीर छ। उकालोमा ब्रेक फेल भएर मिनिबस सडकबाट तल खसेको थियो।