गायक गम्बु शेर्पाको गीत स्कुलको एसेम्लिमा


  अमेरिकाको न्यूयोर्कमा बसिरहेका गायक तथा समाजसेबी गम्बु शेर्पाको स्वरको नया म्युजिक भिडियो रिलिज भएको छ | "मेरो बाले भन्नुहुन्थ्यो दुखमा न आत्तीननु" बोलरहेको गित गम्बु शेर्पाको पछिल्लो अल्बम 'मेरो देश' मा समेटिएको छ् |

गम्बुको स्वोरको एस गीतलाई अब हरेक दिन काठमान्डुको  पेप्सी कोला(सनसिटि)मा रहेको उज्ज्वल तारा बोर्डइङ स्कुलले कक्षा सुरुहुनु अगाडी एसेम्लिमा बजाउने भएको छ । यस गीतभित्र बालबालिकाहरुलाई राम्रो सन्देश भएकाले हरेक बिहान कक्षा कोठामा जानुअगाडी बजाउदा ससाना बालबालिकाहरुमा सकारत्मक सन्देश प्रबाह हुनेहुँदा यो गीतलाई दैनिक बजाउने निधो गरेको उज्ज्वल तारा कि सन्चालिका गायत्री कार्कीले बताउनुभयो ।

आफैले  गाएको गीत यसरी पहिलोपल्ट बिद्यालयले दैनिक बजाउने भएपछी आफुमा  संगीतप्रती थप जिम्बेवारी बढेको र अत्यन्तै खुशी लागेको गम्बु बताउछन ।

यस गीत को भिडियो शूटिङ हुनु अगाडी भिडियोका कलाकार सरोज केसीले गम्बु शेर्पाद्वारा जोरपाटी काठमान्डुमा पालनपोसन गरिराखेका १३जना अनाथबालबलिकाहरुलाई नगद रु २१ हजार ४०० आफ्नि छोरी तथा यस गीतको भिडियो कि बालकलाकार सरुजा के सि को हातबाट हस्तान्तरन गरेका थिए । उक्त सहयोगार्थ रकम सरोजले भुवन के सि को चलचित्र "डृम्स " अमेरिकाको भर्जिनियामा प्रदर्शन गरी उठाएका थिए । चल्चित्रको बिशेस शो मा टिकट काटेर बालबालिकाहरुलाई बिशेस सहयोग गर्नुहुनेमा वरिस्ठ गायक रामप्रसाद खनाल, नायिका अनुपमा प्रसाइ, समाजसेबी तथा मोडेल रिमा कार्की, समाजसेबी अनामिका उप्रेती कलाकार ध्रुब वन्त र सजिब थापा रहेका छन ।

गायक शेर्पाले यस गीतको म्युजिक भिडियो बाट उठेको युटुब रोयल्टी सबै आफ्ना जोरपाटी मा आसृत बालबलिकाहरुको पढाईमा खर्च गर्ने बताए ।

उक्त एल्बम मेरो देशमा शब्द: नरेश भट्टराइ, संगित: शिखर सन्तोष, एरेन्ज: गोपाल रसाईली, स्वर :गम्बु शेर्पा ,सिमा सँगरौला, अभिनय :सरोज के सि, सरुजा के सि(बालकलाकार) रुसा के सि, निर्देसक :अर्जुन अधिकारी रहेका छन् |