भारतीय सेनाको गोलाबारीमा ९ पाकिस्तानीको मृत्यु, ११ जना घाइते

एजेन्सी, मङ्सिर ८-भारतीय सेनाले सीमा पारिबाट गरेको गोलीबारीमा ९ पाकिस्तानीको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पाकिस्तान नियन्त्रीत कास्मिरमा  गुड्दै गरेको बसमाथि बमबारी परेपछि  उक्त हताहती भएको रोयटर्समा उल्लेख छ ।

पाकिस्तानका बरिष्ठ प्रहरी अधिकृतले भनेका छन्– साना तथा ठूला हतियारको आक्रमणको निशानामा बस प¥यो । घटना लावत क्षेत्रमा भएको बताइएको छ  । यो क्षेत्र मुजब्बराबादबाट एक सय किलोमटर टाढा पर्छ ।
यसमा भारतको तर्फबाट आधिकारिक  प्रतिक्रिया आइसकेको छैन ।