प्रहरीद्वारा तेइस किलो चरेस बरामद

धनगढी, ५ मङ्सिर – धनगढी  उपमहानगरपालिका–५ जाई गाउँबाट आज बिहान प्रहरीले बेवारिसे अवस्थाको २३ किलो चरेस बरामद गरेको छ ।

जाई गाउँको सडकको ह्युम पाइपभित्र बोरामा लुकाइराखिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चरेस लुकाएको व्यक्तिको पहिचान हुन नसकेको र निजको खोजतलासका प्रहरी परिचालन गरिएको बताइएको छ ।