कारको ठक्करबाट मलेसियामा एक नेपालीको मृत्यु

मलेसिया,मङ्सिर ८-कारको ठक्करबाट मलेसियामा एक नेपालीको मृत्यु भएको छ। मलेसियाको सेलेङ्गर राज्यको वान्तिङ्ग कम्पनिमा कार्यरत जाजरकोट कोर्ताङ्गका बलवहादुर कसेराको बिहिबार मृत्यु भएको हो ।

उनलाई सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो मृतक कसेरा दुई वर्षअघि रोजगारीको शिलशिलामा मलेसिया पुगेका थिए । कसेराको शव हाल वान्तिङ्ग अस्पतालमा राखिएको छ।