लोक गायक भगवान भण्डारीको राजनैतिक दोहोरी


(दाहल र दाहलनीको रोईला दोहरी)
दाहलनी :धर्म कर्म गर्दिन भन्छौ भैंसी पुजा गर्छौ
हिन्दी बोल्नी देख्नै हुन्न लम्पसारै पर्छौ
बनिसक्यौ कवाडी
नाटक गर्दा गर्दै दुनियाँको अगाडी
बनिसक्यौ कवाडी

दाहल:-प्रभूकै खुट्टा मोलेर त कुर्चि हात पर्यो
नेपालीको के मत्लब को बाँच्यो को मर्यो
होकि होईन भनत
भारत खुशी पारे किन चाहियो जनता
हो कि होईन भनत


दाहलनी:-देशको मुहार फेर्छु भन्थ्यौ युद्ध गर्ने बेला
ऐले तिमलाई मोदी प्यारो आफ्नै जनता हेला
रैछौ पापी अधर्मी
ठाऊँमा आए पछि जे मन लायो त्यै गर्नी
रैछौ पापी अधर्मी

दाहल:-यहि मोज मस्ती गर्नकै लागि राजनिती गर्या मैले
लौ भनत कस्ता थियौं कस्ता भयौं ऐले
आफ्नै भूँडी भर्नी हो
मुखले जनता भन्नी काम चाँहि उल्टो गर्नीहो
आफ्नै भूँडी भर्नी हो।