युएईमा हृदयघातका कारण एक नेपालीको मृत्यु

युएई, म‌सिर७-रोजगारीका लागि युएई आएका एक नेपालीको हृदयघातका कारण ज्यान गएको छ । तालावाङ ४ रोल्पाका २७ बर्षिय बिरेन्द्र घर्ती मगरको हृदयाघातका कारण शुक्रबार ज्यान गएको हो ।
सात महिना पहिले युएई आएका थापा साउदी अरबको सीमाना बराक्कामा रहेको समजीन एलएलसी नामक कोरियन कम्पनीमा स्टोर हेल्परको रुपमा कार्यरत थिए ।

बिहीवार राती कम्पनीका कामदार बस्ने कोठामा खाना खाएर सुतेका बिरेन्द्र बिहान अचेत अवस्थामा भेटिएका थिए । साथीहरुले अस्पताल लैजान एम्बुलेन्स बोलाए पनि अस्पताल पु¥याउन पहिलेनै ज्यान गएको सोही कम्पनीमा कार्यरत चितवनका डेनिल तामाङले जानकारी दिए ।

उहाँको शब मदिनाजायद अस्पताल आबुधाबीमा राखिएको छ । परिवारमा श्रीमती सहित एक छोरी र सात महिनाको छोरो रहेको सोही कम्पनीमा कार्यरत रोल्पाका रमेश पारीयारले जानकारी दिए।
बिरेन्द्र काठमाण्डौंको त्रिकोण म्यानपावार  मार्फत वैसाख १ गते युएई पुगेका  थिए ।