अाज विदेशी मुद्राकाे सटही दर

काठमाडौं, मसिर ८ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ र विक्रिदर २९ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८७ पैसा र विक्रिदर ३० रुपैयाँ ४ पैसा छ भने युएई दिर्हाम एकको खरिद दर २९ रुपैयाँ ६२ पैसा र विक्रिदर २९ रुपैयाँ ७८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६१ पैसा र विक्रिदर २४ रुपैयाँ ७५ पैसा तोकेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २६ पैसा र विक्रिदर ९ रुपैयाँ ३१ पैसा रहेको छ । एक कुवेती दिनारको खरिददर ३ सय ५७ रुपैयाँ १ पैसा र विक्रिदर ३ सय ५८ रुपैयाँ ९८ पैसा छ । एक बहराइन दिनारको खरिददर २ सय ८८ रुपैयाँ ५८ पैसा र विक्रिदर २ सय ९० रुपैयाँ १७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।