अनेसास जापान सिटी मनी साहित्य पुरस्कार वितरण साथै ३८औं साहित्यिक शृङ्खला जापानको टोकीयोमा सम्पन्न



अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको साहित्यिक कार्यक्रम अन्तर्गत लक्ष्मी जयन्ती, अनेसास जापान सिटी मनी साहित्य पुरस्कार वितरण साथै ३८औं साहित्यिक शृङ्खला जापानको टोकीयोमा भव्यरूपमा सम्पन्न भयको छ।

संस्थाका अध्यक्ष बिष्णु प्रसाद घिमीरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी नेपाली राजदुतावास टोकीयोका कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्याल हुनुहुन्थ्यो भने विशिष्ट अतिथीमा अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला हुनुहुन्थ्यो। विर हस्पिटल नेपालका कार्यकारी निर्देशक डा. भूपेन्द्र बस्नेत, एन.आर.एन.ए जापानका उपाध्यक्ष देवीलाल भण्डारी, जनसम्पर्क समिती जापानका अध्यक्ष डि.पि. कडेल, ओ.एन.एफ. जापानका उपाध्यक्ष राजकुमार पण्डित, नयाँ शक्ती नेपालका जापान संयोजक पद्म सिंह ठगुङ्ना, समाजसेवी दिपक सुवेदी, अनेसास जापानका पुर्व अध्यक्षहरू वेलुकाजी थापा, दिनेश राज ज्ञवाली, आलोक चालीसे, कलाकार रामकृष्ण वम मल्ल, नारायण कडेल, पत्रकारहरू आनन्द कोईराला, राजन गौतम, उत्तम गौडेल, प्रेमिला गौचन,सन्तोष बावु चोखाल, संगिता कुँवर लगायतका अथिती साथै दर्जनौ स्रोता र दर्शकका बिच कार्यक्रम सम्पन्न भयको थियो। 

नेपाली मुरा हल(सोलमारी )सिनओकुबुमा राष्ट्रीय गान गायर सुरूगरियको उक्त कार्यक्रममा आगन्तुक स्रष्टा,सर्जकहरूलाई कार्यक्रम संयोजक सरिता ढकालको स्वागत मन्तव्यसँगै महाकवी लक्ष्मी प्रसाद देवकोटालाई स्मरण गरियको थियो। जापानमा रहेका साहित्यलाईलाई माया गर्नेहरुको प्रतिभा उजागर गर्न सकियोस भन्ने उद्देश्यले प्रतिस्प्रर्धात्मक कविता प्रतियोगिताको आयोजना गरिएको हो। 
अनेसास जापान सिटी मनी साहित्य पुरस्कारकोलागी जापान व्यापी खुला कबिता प्रतियोगितामा उत्कृष्ट तिन कवीहरू रविन शर्मा, दिप पाठक र विमान किरातीलाई शिल्ड र तिन जना विजेतालाई प्रतीव्यक्ती १५००० एन राशिको पुरस्कार वितरण गरीएको थियो भने सहभागी ३७ जना स्रष्टाहरूलाई मायाको चिनो वितरण गरियको थियो।

उक्त साहित्यीक श्रृंखलामा स्रष्टाहरू: बिपिन घिमिरे,जयन्त सोकल, रविन्द्र दिखुक्पा, हेमन्त गिरि, बिमान किराति, मञ्जु गिरी,रबिन शर्मा, लक्ष्मी रेग्मी, अरुण पौडेल, नारायण कंडेल,सरिता ढकाल, अरुण जङ्ग पुरी, वेलुकाजी थापा, भगवती उप्रेती, जीवन अर्याल, भुवन रोका, लोकनाथ अधिकारी, संगीता कुवँर, एल्सन काप्री, कमला काप्री, ग्रीष्मा पौडेल, पुष्कर जङ्ग थापा, केशव थापा, अनु भण्डारी, ध्रुब थापा, फणीकान्त आचार्य, दिप पाठक लगायतका स्रष्टाहरूले आफ्नो गहकीला,राष्ट्रप्रेमले ओतप्रोत र शालीन रचना सुनायर माहोललाई काव्यमय वनाएका थिए 

यसै अवसरमा गतसाल जापानमा भयको चौथों अन्तराष्ट्रीय नेपाली साहित्य सम्मेलनमा विशेष सहयोग गर्ने र सहयोग गर्ने सहयोग दाताहरूलाई केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला र तत्कालीन अनेसास जापानका अध्यक्ष आलोक चालीसे मार्फत मायाको चिनो हस्तान्तरण गरीनुका साथै सम्पुर्ण आजीवन सदस्यहरूलाई ब्याच र प्रमाणपत्र वितरण गरीएको थियो। उक्त कार्यक्रमको संचालन संस्थाका महासचिव दिप पाठकले गरेका थिए
www.thenepaltoday.com