भारतमा छ जना माओवादी मारिए

एजेन्सी, मङ्सिर ८-पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तीमा छ सशरुत्र लडाकू मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएको छ । झारखण्ड राज्यको लटेहार जिल्लामा बुधबार विहान प्रहरीले जारी गरेको खोजी अभियानको क्रममा माओवादी लडाकूहरुले आक्रमण गरेपछि जवाफी कारबाहीमा उनीहरुको मृत्यु भएको हो ।

“घना जङ्गल भएको सो क्षेत्रमा विगत १५ वर्षदेखि विद्रोही समूह क्रियाशिल रहेको छ,” प्रहरी निरीक्षक अनुप बर्थरायले भने ।“प्रहरीको जवाफी कारबाही झण्डै ४५ देखि ५० मिनेटसम्म चलेको थियो, हामीले माओवादीको आफ्नै कालो पोशकमा रहेका छ जनाको शव नियन्त्रणमा लिएका छौं,” उनले।

“हामीले छ ओटा हतियार र झण्डै पाँच सय राउण्ड गोलीका खोका नष्ट गरेका छौँ” भनी उनले थप जानकारी दिए । विगत एक दशकदेखि माओवादी विद्रोहीहरुले सरकारविरुद्ध लड्दै आइरहेका छन् ।