रुखले किच्दा आमाको मृत्यु, छोरी घाइते

सोलुखुम्बु, मंसिर ८-छोरीलाई खोप लगाएर स्वास्थ्य संस्थाबाट फर्कंदै गर्दा रुखले किचेर देउसा-५ सोलुखुम्बुकी शशीकला राईको ज्यान गएको छ । स्थानीय नरनाथ राई र सुभराम राईले काटेको रुख ढलेर बाटोमा हिँड्दै गरेकीे १७ वर्षकी राईको मंगलबार ज्यान गएको हो । उनी ४५ दिनकी छोरीलाई खोप लगाएर स्वास्थ्य संस्थाबाट फर्कंदै  थिइन् ।

रुखले किचेर छोरी सामान्य घाइते भएकी छिन् । घाइते बालिकाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने रुख काट्ने दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो । रासस