शाहरुख खान र रणबीर कपुर ४ करोड अमेरिकी डलरमा बन्ने फिल्ममा एकसाथ देखिने

एजेन्सी, मङ्सिर ७-करण जोहारको फिल्म ‘ऐ दिल हे मुश्किल’मा साथसाथै देखा परेका दुई कलाकार फेरि अर्को अन्तर्राष्ट्रिय फिल्ममा पनि एकैसाथ देखिने भएका छन् । दुवै कलाकार रुसी निर्माता एलेक्जे पेट्रुहिकको आयोजनामा काम गर्ने आजतकले जनाएको छ ।

शाहरुख खान र रणबीर कपुरले एलेक्जेको ड्रिम प्रोजेक्ट ‘वीआईवाईः जर्नी टू इन्डिया’ मा काम गर्नका लागि हस्ताक्षर गरेका छन् । उनले यो प्रोजेक्टमा शाहरुख खानलाई मूख्य भूमिकामा काम गर्नका लागि सम्पर्क गरेका हुन् । यो अन्तर्राष्ट्रिय फिल्म लगभग ४ करोड अमेरिकी डलरमा निर्माण हुनेछ ।