डा केसीको अनसनबारे गगन थापा अहिले प्रधानमन्त्रीसँग छलफलमा



आमरण अनसनरत डा गोविन्द केसीको अनसन तोडाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालसंग स्वास्थ्य मन्त्री गगनकुमार थापा र शिक्षा मन्त्री धनिराम पौडेलले छलफल गर्नु भएको छ ।

सरकारी पक्ष र डा केसी पक्षकावीचमा केहीदिनदेखि भईरहेको बार्ता निश्कर्षमा पुग्न नसकेपछि स्वास्थ्य मन्त्री थापाले निकाल निकाल्नका लागि शिक्षा मन्त्री पौडेललाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो ।

छलफलका क्रममा स्वास्थ्य मन्त्री थापाले समाधानका उपायहरु बारे प्रधानमन्त्रीलाई अवगत गराउनु भएको र प्रधानमन्त्री दाहालले सोही अनुरुप निर्देशन दिने बताउनु भएको थियो ।

स्वास्थ्य मन्त्री थापाले प्रधानमन्त्रीलाई कुनैपनि हालतमा डा केसीको अनसन आज तोडाउनै पर्नेमा जोड दिनु भएको थियो ।

"प्रधानन्त्रीसँगको भेटपछि स्वास्थ्य मन्त्री थापाले अहिले अन्य सरोकारवालाहरुसँग छलफल गरिरहनु भएको छ" थापाका प्रेस सल्लाहकार जीवन भण्डारीले द नेपाल टुडेलाई जानकारी दिनुभयो |

,