शिल्पाले छविलाई दिईन् सरप्राईज पार्टी

काठमाडौँ, मङ्सिर ८-अभिनेत्री शिल्पा पाखे्रल र निर्माता छविराज ओझाको विवाह र प्रेमको चर्चाले केही बर्षयता मिडियामा स्थान लिँदै आएको छ । सिनेमा रिलिज गर्ने क्रममा उनीहरुको विवाहको चर्चा चर्को हुन्छ । तर सिनेमा रिलिज भएसँगै उनीहरुरको विवाहको चर्चा पनि सेलाउँछ ।

हवल्दार सुन्तली र किस्मत २ को प्रमोशनको क्रममा उनीहरु सिनेमाको भन्दा पनि आफूहरुको सम्बन्ध र विवाहबारे जानकारी दिँदै हिड्ने गरे । उनीहरुको साँच्चिकै लगन जुर्ने हो या हैन त्यो भने समयले नै बताउने छ ।
तर सँगै सहकार्य गरेर अघि बढेको यो जोडी प्राय साथमा हुन्छ । हाल उनीहरु आधा आधा लगानीमा सिनेमा हिफाजत २ को निर्माणमा जुटेका छन् ।यसैबीच मंगलबार बेलुका बौद्धमा शिल्पाले छविलाई सरप्राईज पार्टी दिईन् ।

त्यो पार्टी अरु नभयर छविको बर्थ डे पार्टी थियो । शिल्पालाई सरप्राईज पार्टी राख्नमा किस्मत २ का अभिनेता पृथ्वीराज प्रसाईँले सघाएका थिए । छविलाई आफूहरुले सरप्राईज पार्टी दिएको जानकारी शिल्पा र पृथ्वीराज प्रसाईँले सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका छन् ।