मेरो सपना (लघुकथा) -गोबिन्द कोइराला


काठमाण्डौ गौशलावाट हाम्रा पुर्खाहरुको भिड पशुपति क्षेत्र पार गर्दै तीन तिर हानिए ।एक हुल महाराजगन्ज हुदै वालुवाटार तिर लागे अर्को हुल चावहील हुदै वुढानिलकण्ठ र बाँकी अर्को कोटेश्वर हुदै वालकोट तिर । एक्कै छिनमा तीन गाडीलाई अपहरण गरे अनि गुहेश्वरी मन्दिर तर्फबाट मिर्गस्थली हुँदै अपरहणमा परेका तीन मान्छेलाई जंगल बिच आफ्नो पुर्खाको राजा अगाडि पुर्याए ।
पुर्खाको राजा - हे मानव ! तिम्रा औकात नहुँदा नहुँदै पनि यत्रो देशको बागडोर समाल्ने जिम्मा दिए जनताले, त्यती ठुलो पार्टी समाल्ने जिम्मा दिए । किन बुझेनौ आफ्नो कर्तब्य ? अब हामी पुर्खाहरु को पनि इज्जतमा दाग लाग्ने भए पछि मेरा सेनाको टुकुडी पठाउन वाध्य भएँ म ! किन हाम्रै चाल भो तिमीहरु को ?

हामीले बुझेनौ सरकार, कसरी तपाईंहरु जस्तै भयौ र हामी ?

हाम्रा लागि बनाएको उखान थाहा छैन तिमीहरु लाई ? " फलानोले न आफ्नो घर बनाउछ न अरुको घर नै बन्न दिन्छ"
त्यतिकैमा एक जना तील र चामल जस्ता जुगा भएका प्रतिनिधि कम्मर मर्काउदै वोले-"हामी त जंगलवाट आएका हजुर अझ स्वभाव उस्तै छ"

अनि वालकोट निवासी के कम प्याच्च वोलिहाले "मैले त पटकै पिच्छे वचन वाणले यीनीहरुलाई सुधार्न कोशीस गरेको तर कोशिश गर्दा गर्दै म पनि उस्तै भए"

त्यतिकैमा वुढानीलकण्ठ तिरवाट अस्पष्ट न नवुझिने स्वरमा आवाज आयो"मैले त भन्खेरीलाई सरकारकै तालाचावी ज़िम्मा दिएको छु नौ महिना पछि भन्खेरीलाई मलाई ताला चावी ज़िम्मा दिने गरी"
"आपसमा मिलेर बसेका जनतालाई किन भड्कायौ  भन त ? के स्वार्थ भेट्यौ  र जिस्कायौ" जनतालाई ? अव तिमीहरुले सजाय भोग्नुपर्छ वुझ्यौ?"पुर्खाका राजाले जवाफ दिदै भने जनता ठुला हुन कि तिमीहरुले पुज्ने प्रभु ठुला ?
" एक स्वर आयो - ठुला त जनता नै हुन सरकार !"

तेसो भए तुरुन्त बन्द गर किचलो सिमांकन हेरफेरको ।
"तपाइको जो आग्या हजुर "

अनि तीनीहरु सवै तर्फ फर्केर भने - जनता भनेका तिम्रा पार्टीका कार्यकर्ता मात्रै हुन ?

राजाको आदेश आयो - यो देशमा बिकासका कुरा छोडेर आफ्नो र पार्टीको कुरा मात्रै हेर्ने यि तीनै जना दोसी उपर तीन तीन कोरा हानेर जनताको नाममा तीन करोड पटक उठ बस गराएर आफ्नो आफ्नो कर्म क्षेत्रमा लगेर छाडि दिनु।त्यतिकैमा पुर्खाका सेनाले हुन्छ भन्दै कोरा हान्ने तयारी गर्न थाले,मेरो मोवाईलको नियमित घण्टी वज्यो काममा जान ढिला भैसकेको रहेछ म झल्यास्स व्युझिए र सोच्न थाले मैले देखेको आजको सपना साच्चिकै विपना भैदिएको भए..........


,