सीमांकन टुङ्गो लगाउन जनमत संग्रहबारे कांग्रेसमा छलफल

काठमाडौं १४ मंसिर । नेपाली कांग्रेसभित्र सीमांकनका विषयमा जनमतसंग्रहणमा जानुपर्ने विषयले प्रवेश पाएको छ । जुनक्षेत्रको सीमा मिलाउ खोजिएको हो त्यस क्षेत्रमा नै विरोध भएकाले जनमत बुझेर मात्रै सीमांकनको निर्णय गर्नुपर्नेमा छलफल सुरु भएको छ ।

सरकारले ५ नम्बर प्रदेशबाट ४ जिल्ला अलग गरेर अर्को प्रदेश बनाउन लागेकोमा पार्टीभित्र विरोध उठेको हो । कांग्रेस नेता रामशरण महतले ५ नम्बर प्रदेशका जनताको भावना नबुझी निर्णयमा जादा घातक हुने भएकाले जनमत अनुसार अघि बढ्नुपर्ने बताए । उनले आबश्यक परे जनमतसंग्रह गरेर निर्णय गर्नुपर्ने बताए । नेपाली रेडियो बहसमा कुराकानी गर्दै डा. महतले जनताको भावना विपरित गए घातक परिणाम आउने भएकाले जनमतसंग्रहमा पनि जान सकिनेमा छलफल गर्नुपर्ने बर्ता । ‘कुनै निर्णय गर्दा जनताको भावना के छ त्यसको सम्मान गर्नुपर्छ’ महतले भने, ‘यदी जनमत र जनताका प्रतिनीधिको भनाई विपरित गए त्यसले परिणाम राम्रो दिदैन आबश्यक परे जनमत संग्रह पनि गर्नुपर्छ । ’

उनले आबश्यक परे राजतन्त्र, हिन्दू राष्ट्रका विषयमा पनि जनमतसंग्रहमा जान सकिने बताए । नेपाली कांग्रेसभित्र सरकारले तयार गरेको संसोधन प्रस्तावको विपक्षमा नेताहरु उभिएका छन् । सीमांकनका विषयमा अधिकांसको विमति छ । अस्थिरता निम्त्याउने खेल एमाले नेता सोमप्रसाद पाण्डेले अहिले संविधान संसोधन आबश्यक नरहेकाले संविधान तत्काल आबश्यक रहेको बताए ।

उनले संविधान संसोधन यसअघि नै भइसकेकाले अब कार्यान्वयनमा जानुपर्ने बताए । संविधान संसोधन भएपनि मोर्चा सन्तुष्ट नहुने दावी गरे । ‘अहिले संविधान संसोधन होला तर मोर्चा मान्नेवाला छैन थप माग आउछ’ पाण्डेले भने, ‘संसोधनका नाममा मुलुकमा अस्थिरता निम्त्याउने खेलमात्रै हो । ’