सलमान र लूलियाबीच ब्रेकअप

एजेन्सी,मसिर ५-चाँडै विवाह गर्ने चर्चामा रहेका बलिउड नायक सलमान खान र उनकी प्रेमिका लूलिया वन्तुरबीचको सम्बन्ध टुटेको छ । यसअघि उनीहरुको बिहेको मिति नजिकिएको खबर सार्वजनिक भइरहेका बेला एकाएक दुईबीचको सम्बन्ध टुटेको खबर सार्वजनिक भएको छ ।

सलमानकी प्रमिका लूलियाले नै सलमानसँगको ब्रेकअप भएको खबर सार्वजनिक गरेकी हुन् । लूलियाले एक रोमानियन म्यागेजिनका लागि दिएको अन्र्तवार्तामा सलमानसँग दूरी बढेको बताएकी छन् । लूलियाले आफू भारत गएर धेरै सिक्ने मौका पाएको बताएकी छन् ।

रोमानियन नागरिक वन्तुरले आफ्नो देश र भारतबीच मानिसको मानसिकता, संस्कृति मानिस सबै फरक रहेको बताएकी छन् । भारतमा एक घरमा धेरै मानिस बस्ने भएकाले निजी जीवनको धेरै महत्व नहुने उल्लेख गरेकी छन् ।
बाहिर समाजका मानिसको मानसिकतालाई हेरेर लुगा लगाउने संस्कार भारतमा रहेको भन्दै लूलियाले आफूले लगाएको कपडाका बारेमा पनि चर्चा हुने बताएकी छन् । तर, भारतमा रहँदा भारतीय भाषाका बारेमा धेरै जानकारी लिन सफल भएको उनको भनाई छ । अन्र्तवार्ताका क्रममा सलमानसँग टाढा भएको बताए पनि के कारणले र किन टाढा भएको भन्ने विषय खोलेकी छैनन् ।