तनावमा छिन ऐश्वर्या राय



बलिउड अभिनेत्री ऐश्वर्या राय अहिले तनावमा छिन् । सामाजिक सञ्जाल र विभिन्न अनलाइनमा उनले आत्महत्या गर्ने कोसिस गरेको भन्ने समाचार भाइरल भएपछि उनलाई तनाव भएको हो ।

‘यसरी भाइरल भएको समाचार सत्य थिएन । नभएको कुरा जताततै फैलिएपछि ऐश्वर्या अहिले दुःखी छिन्,’ ऐश्वर्या निकट सूत्रको हवाला दिदै भारतीय संचारमाध्यमले समाचार प्रकाशित गरेका छन ।

‘ए दिल है मुश्किल’मा बोल्ड सिन दिएपछि सासु जया बच्चनले उनलाई अनेक ताडना दिन थालेपछि समग्र वैवाहिक जीवनप्रति नै मोहभंग भएर उनले आत्महत्या प्रयास गरेको, तर समयमै उनलाई अस्पताल पुयारइएकाले उनको ज्यान बचेको भाइरल समाचारमा जनाइएको थियो ।

बच्चन परिवारनिकट स्रोतले समाचार पूरै कपोलकल्पित भएको स्पष्ट पारेको छ । परिवारमा उक्त बिषयमा कुनै खटपट नभएको पनि बुझिएको छ |