‘बेवाच’ को ट्रेलरले प्रियंकाका फ्यानलाई बनायो निराश [भिडियो सहित]

एजेन्सी,मंसिर ३०- बलिवुड अभिनेत्री प्रियंका चोपडाको अति नै चर्चा गरिएको हलिवुडको फिल्म ‘बेवाच’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा भने प्रियंकाले पाएको पब्लिसिटी अनुसारको ठाउ दिइएको छैन । उनको एक झलक मात्र देखिने ट्रेलरमा प्रियंकालाई खोज्नुपर्ने देखिदा उनका फ्यानहरुले लामो प्रतिक्षा गरेको हलिवुड फिल्मको ट्रेलरबाट निराश बनेका छन् । करिब २ मिनेटको ट्रेलरमा प्रियंकाको एक झलक मात्र देखाइनुलाई फिल्ममा उनको भूमिकालाई लिएर अनेक अड्कल लगाइन थालेको छ । प्रियंकाले निगेटिभ भूमिकामा अभिनय गरेको भनिएको यस फिल्मको ट्रेलर भने रुचाइएको छ । हलिवुडको चर्चित शो बेवाचमा आधारित यस फिल्ममा डन जोनसन, ज्याक एफ्रोन लगायतका कलाकारको अभिनय रहेको छ । आगामी मे २६ मा रिलिज हुने यो फिल्ममा एक्सन, रोमान्स र बिभिन्न हट सिनहरुले फिल्मलाई मसलादार बनाइएको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।