टर्कीमा भएको बम आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु

अङकरा (टर्की), पुस २- टर्कीको कायसेरीमा शनिबार भएको बम आक्रमणमा परी १३ जना सुरक्षाकर्मी मारिएका छन् । बसमा यात्रा गरिरहेका बेला आक्रमणकारीहरुले बसमै बम प्रहार गर्दा उनीहरुको मृत्यु भएको जनाइएको छ ।

सो घटनामा परी कम्तीमा ४८ जना घाइते भएको पनि प्रहरीले अधिकारीहरुले जनाएका छन् । टर्कीका उपप्रधानमन्त्री भेयसी कायनाकले कार बम विस्फोट भएको र बसमा रहेका सुरक्षाकर्मीलाई लक्षित गरी विस्फोट गराइएको बताउनु भएको छ ।

घटनामा परी घाइते भएकाहरुलाई तत्काल स्थानीय अस्पतालमा उपचार गरिएको छ । उक्त घाटनामा केही आम नागरिकसमेत परेका छन् । रासस