वरिष्ठ नेता रामचन्द्र पौडेलले एक आपसमा फुटेर हैन जुटेर अघि बड्न आग्रह गर्नु भएको छ ।



बिश्वबन्धु भन्डारी
जापान
जापान भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक आपसमा फुटेर हैन जुटेर अघि बड्न आग्रह गर्नु भएको छ ।
बिहिबार टोकियोमा नेपाली जनसम्पर्क समिति जापानले ‘आन्तरिक प्रशिक्षण’ कार्यक्रमको अवसरमा नेपाली जनसम्पर्क समिति जापानको आन्तरिक विवाद पनि सुल्झेको छ । जापान सरकारको निमन्त्रणामा जापान भ्रमणमा रहेका पूर्व उपप्रधान मन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सांसद राजन केसीको उपस्थितिमा सो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
जनसम्पर्क समिति जापानको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सल्लाहकार, कार्यसमिति पदाधिकारी, सदस्य, समर्थक र सुभेच्छुकहरुको सहभागि रहेको उपसभापति राजेन्द्र जमरकट्टेल जानकारी दिनुभएको छ बिबादमा रहेको जनसम्पर्क समितीमा हाललाई सभापतिमा डिपी कडेल र अन्य मुख्य पदमा दुवै पक्षलाई समेट्नेगरि उपसभापति ५/५ जना, महामन्त्री १/१ जना कोषाध्यक्ष १/१ जना रहने गरि बिबाद समाधान गरिएको छ ,तत्काल साधारण सभा गरी साधारण सभाबाट केही बिधान परिमार्जन गरेर अहिलेको ३५ सदस्यीय कार्यसमितीलाई बढाएर ६९ सदस्यीय कार्यसमिती बनाईने सहमति भएको निवर्तमान सभापती नारायण सुवेदिले जानकारी दिनुभएको छ |


,