बाल्टीमोर तमु समाजले ल्होसार पर्ब मनाउने


बाल्टीमोर तमु समाजले जनवरी १ को दिन बिशेष रूपमा मनाउने बताएको छ |

"पुरानो बर्गको बिदाईसँगै नया बर्गको स्वागत गर्ने उद्देश्यले हरेक बर्ष ल्होसार पर्ब मनाउने गरिन्छ | यस बर्ष चरा बर्ग ल्होसार रहेको छ |" तमु समाज अमेरिकाका संस्थापक सल्लाहकार कुलप्रसाद गुरुङ्गले भन्नुभयो |

कार्यक्रमलाई भब्य रुपमा मनाउनका लागि बाल्टीमोरबासी नेपाली दाज्यू भाई तथा दीदीबहिनीहरुमा हार्दिक निमन्त्रणा गर्दछौं | संस्थापक अध्यक्ष दिनेश गुरुङ्गले भन्नुभयो |

तमु समाज बाल्टीमोरमा झन्डै २ सय परिवार सदस्य रहेका छन |

कार्यक्रम हुने स्थान
मिति: January 01, 2017 New Year Day
समय: 07 pm - 01 am
स्थान: 11131 Pulaski Highway, White Marsh, MD 21162 (Parker's)

, ,