जापानबाट नेपाल जाने क्रममा एक नेपाली महिलाको बाटैमा निधन


जापानबाट नेपाल जाने क्रममा रहेकी एक नेपाली महिलाको आईतवार मध्यान्ह बाटैमा निधन भएको छ ।

जापानमा स-परिवार बस्दै आउनुभएकी चितवन घर हुनुभएकी ४२ बर्षीया मथुरादेवी भण्डारीको नेपाल जाने क्रममा टोकियोमा बाटैमा निधन भएको हो ।

मृतकका श्रीमान इन्द्र भण्डारीका अनुसार नेपाल जान बिनानस्थल पुगे पनि बिमान समयमा उडान नभई डिले भएपछि गाह्रो भएर बिमान कुर्न नसक्ने अवस्थामा घर फर्कनेक्रमा बाटैमा मृत्यु भएको हो।

मध्यान्ह समय करिव १२ बजे टोकियो हानेदा विमानस्थल पुगेकी भण्डारीलाई जहाज ढिलो भएका कारण केही समय कुर्नु पर्ने भएपछि गार्हो भएको भन्दै हाल बसोवास रहेको ईतावासी स्थित कोठा फर्कनेक्रमा हुनुहुन्थ्यो।

करीब ६ महिना अघि फोक्सोमा क्यान्सर रोग भएको पत्ता लागगपछि जापानमा भन्दा नेपालमै गएर उपचार गराउन ईच्छा गरिपछि श्रीमती भण्डारी सोही क्रममा हानेदा विमानस्थल पुगेकी थिईन।

उहाँ टोकियो स्थित इताबासीमा दुई छोरा र श्रीमान संगै बस्दै आउनुभएको थियो ।

कुक भिषामा करिव ८ बर्षपहिले जापान आउनुभएका इन्द्र भण्डारीले आर्थिक अवस्थाका कारण शव शदगतको लागि आवश्यक सहयोग गरिदिनुहुन जापानबासी नेपालीसमक्ष अनुरोध गर्नुभएको छ ।

,