सोमपाल कामीलाई नासो कम्युनिटी अमेरीकाले मासिक २०० डलर प्रायोजन गर्ने


नेपाली राष्ट्रिय टिमका तिब्र गतिका बलर सोमपाल कामीलाई अमेरीकामा सक्रिय सामाजिक संस्था नासो कम्युनिटीले प्रायोजन गर्ने भएको छ । सोमपालले सो कम्युनिटीले मासिक करीव २० हजार रुपैया प्रायोजन गर्ने भएको हो ।

नेपाली क्रिकेट उमेर समुह र राष्ट्रिय टिममा पुरयाएको योगदानको कदर गर्दै नासो कम्युनिटीले सोमपाललाई एक बर्षका लागि प्रायोजन गर्ने भएको हो । क्यान आइसीसीको निलम्बनमा परेपछि खेलाडीले पाउने नियमित भत्ता रोकिन भएको भन्दै सो समुदायले सोमपाल पुर्ण रुपमा क्रिकेटमा केन्द्रित हुनसकुन भनेर यो कदम चालेको नासोले जनाएको छ ।

सोमपाललाई प्रायोजन मिलाउन नेपाली राइनोज क्रिकेट क्लवका ब्यवस्थापक उत्सव सिग्देलले पहल गरेका थिए ।  सिग्देल नेपाली क्रिकेट टीमलाई माया गर्ने नेपाली युवा हुन | उनले अमेरिकामा क्रिकेट खेल्न आएको नेपाली टीमलाई ठुलो सहयोग गरेका थिए | र उक्त प्रतियोगिता सफल बनाउन योगदान दिएका थिए | ऊनि हाल अमेरिकामा बसोबास गर्दै आएका छन |

सोमपालको सम्झौता पत्रमा नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्मा र नेपाली राइनोजका ब्यवस्थापक उत्सव सिग्देलले हस्ताक्षर गरेका थिए । २०१७ को सुरुवातसंगै सोमपालको प्रायोजन सुरु हुनेछ । जुन बर्षको डिसेम्बरसम्म हुनेछ ।

यस्तै सिग्देलले नेपाली क्रिकेटका अर्का खेलाडी सागर पुनका लागि पनि प्रायोजन मिलाउने प्रयास भइरहेको बताएका छन । यसअघि नेपाली राइनोजकै पहलमा बसन्त रेग्मी र सिद्धान्त लोहनीलाई आदी स्पोर्टसले प्रायोजन गरेको थियो । डालासमा भएको टु टेन क्रिकेट प्रतियोगिताका बेला अमेरीका पुगेका बसन्त र सिद्धान्तलाई सो प्रायोजन मिलाइएको थियो ।

,