आमिर खानको दंगल सेन्सरबोर्डद्वारा विना हेरफेर पास[भिडियो सहित]

एजेन्सी, पुस १-आमिर खानको नयाँ फिल्म ‘दंगल’ विना हेरफेर सेन्सरबोर्ड पास गरेको छ । यही डिसेम्बर २३ मा प्रर्दशन हुन लागेको फिल्मले जस्ताको त्यस्तै सेन्सरबोर्डले पास गरेको छ । समाचार अनुसार यसलाई यु अर्थात सबैले हेर्न मिल्ने प्रमाणपत्र दिइएको छ ।

यसअघि सेन्सर बोर्डले फिल्म निर्मातालाई धेरै दुःख दिने बताइँदै आएकोमा यो निर्णयलाई आश्चर्यजनक बताइएको छ । महाविर सिंह फोगत तथा उनका दुई कुस्ती खेलाडी छोरीहरुको बास्तविक कथामा यो फिल्म बनेको बताइएको छ ।

यस फिल्ममा आमिर खानले महाविर सिंह फोगत र साक्षी तनवरले उनको श्रीमतीको भूमिका निभाएका छन् । यसमा दुई छोरीको भूमिकामा फतिमा सानिया शेखले गीता तथा सानिया मलहोत्राले बविताको भूमिका निर्वाह गरेका छन् ।