काबिलको नयाँ गीतमा उर्वशीको हट अवतार [भिडियो सहित]

एजेन्सी पुस २ - ऋतिक रोशनको नयाँ फिल्म काबिललाई कथा चोरेको आरोप लागेको छ । काबिलले कन्टेन्ट चोरेको आरोप प्रोडक्सन कम्पनि नेटफ्लिक्सले लगाएको हो । नेटफ्लिक्सले काबिल फिल्मको कन्टेन्ट उसको आफ्नो प्रोडक्सनमा बनेको टेलिभिजन वेब सिरिज ‘डेयरडेभिल’ सँग मिल्दो भएको बताएको छ ।

नेटफ्लिक्सले काबिलमा आफ्नो कन्टेन्टमात्र नभएर कलरथिम र पात्र पनि उस्तै राखिएको आरोप लगाएको छ । उसले काबिलका निर्माता राकेश रोशन र निर्देशक संजय गुप्तविरुद्ध कानुनी उपचार खोज्ने तयारी गरेको बताएको छ ।

फिल्म काबिलको हालै नयाँ आइटम गीत सार्वजनिक गरिएको छ । ‘सारा जमाना’ नाम गरेको गीतमा उर्वशी रौतेलाले अभिनय गरेकी छन्  ।अत्यन्त हट अवतारमा उर्वाशिलाई देखाइएको यस गीतले रिलिज हुनासाथ चर्चा बटुलेको छ ।

फिल्म आगामी जनवरी २५ को साँझ रिलिज गरिने फिल्मका निर्माताले जानकारी दिएका छन् । फिल्ममा ऋतिक रोशनका अलावा यामी गौतम प्रमुख भूमिकामा रहेकी छन् ।

,