"एनएसटी द्वारा नेपाली पाठशालाको दिक्षान्त समारोह सम्पन्न "




नेपाली समाज टेक्सास ले नेपाली मन्दिरमा सन्चालन गरेको नेपाली पाठशाला (फल्स सेमिस्टर) को दिक्षान्त समारोह गरी समापन गरेको छ । यस् सेमिस्टरमा ७६ जना विद्यार्थी थिए भने नेपाली भाषा , नैतीक शिक्षा र म्याथ शिकाइेएको थियो । यसलाई निरन्तरता दिदै आगामी जनवरी २२ देखी स्प्रिङ्ग सेमिस्टर सन्चालन गरिने कुरा पाठशालाका प्रिन्सिपल कमल सत्याल ले जानकारी गराउनु भएको छ ।