सरकार र मोर्चाबीच संशोधन प्रस्ताव संसदमा पेश गर्ने सहमति

काठमाडाैं,पुष १६-अन्ततः मधेसी मोर्चा संसोधनको पक्षमा उभिने भएको छ। शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेताहरुबीच संसदमा दर्ता संविधान संशोधन प्रस्ताव अगाडि बढाउने सहमति भएको हो।

सकेसम्म सबै दलको  सहमतिमा, सहमति बन्न नकसक्ने अवस्थामा एकतर्फी रुपमा संशोधन प्रस्ताव अगाडि बढाउने सहमति भएको बैठकमा सहभागी नेताहरुले जनाएका छन्। संसदको अब बस्ने बैठकमा संशोधन प्रस्ताव टेवल गर्ने सहमति भएको बैठकमा सहभागी मोर्चाका नेता केशव झाले बताए।