यु–१९ एसिया कप : नेपालले लियो तीन विकेट

काठमाडौं, पुस ३-उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल अहिले मलेसियासँग खेलिरहेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि मलेसियाले ब्याटिङ गरिहेको छ ।

१५ ओभरको खेल सकिँदासम्म नेपालले तीन विकेट लिएको छ । मलेसियाले १५ ओभरमा ५१ रन बनायो । नेपालका रोहित पौडेल र दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिएका हुन् यसअघिका दुवै खेल गुमाएको नेपालका लागि यो प्रतिष्ठाको खेल हो ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग एक रन तथा भारतसँग ६ विकेटले हाररे प्रतियोगिताबाट बाहिरिसकेको छ । मलेसियाले पनि यसअघिका दुवै खेलमा हार व्यहोरेको छ । मलेसिया भारतसँग दुई सय ३५ रन तथा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो ।