साइबेरियामा विमान दुर्घटना : १६ गम्भीर घाइते

एजेन्सी, पुस ४-करिब ४० जना यात्रु बोकेको एउटा आईएल १८ एयरक्राफ्ट साइबेरियामा दुर्घटना भएको छ । साइबेरियाको याकुटियास्थित बुलुन्स्की जिल्लामा उक्त विमान दुर्घटना भएको एजेन्सीहरुले स्रोतलाई उद्धृत गर्दै समाचार लेखेका छन् । यद्यपि अधिकारीहरुले भने सबै यात्रु र चालकदलका सदस्यहरु जीवितै रहेको उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार विमानमा ३९ जना रहेका थिए । त्यहाँको रक्षा मन्त्रालयले १६ जना गम्भीर घाइते भएको उल्लेख गरेको छ । सुरुमा २७ जनाको मृत्यु भएको बताइए पनि पछि उक्त समाचार सच्याइएको थियो । विमानमा ३२ जना यात्रु र ७ जना चालक दलका सदस्य रहेको थिए ।

बुलुन्स्की जिल्लाको टिक्सीनजिकै विमान खसेको हो । मौसम खराब भएका कारण विमान खसेको बताइएको छ । आफ्नो समयअनुसार नै उडान भरेको गुगल समयअनुसार १९ः४५ आइतबार दुर्घटनामा परेको हो । अवतरणका क्रममा विमान तीन टुक्रामा भाँच्चिएको छ । रसियाले उक्त ठाउँमा तीनवटा एमआई-८ हेलिकप्टर पठाएको छ ।

,