डुङ्गा पल्टिदाँ एकको मृत्यु आठ बेपत्ता

टोकियो ,मङ्सिर२९-पश्चिमी जापानको तटीय क्षेत्रमा बुधबार बिहान सवेरै माछा मार्ने एक डुङ्गा दुर्घटना हुदाँ कम्तीमा एक व्यक्तिको मृत्यु हुनुको साथ अन्य आठ जना बेपत्ता भएका छन् । जापानको सिमाने प्रान्तको मत्सुइ सहरमा रहेको एक समुद्रमा बुधबार बिहान स्थानीय समयानुसार ५ः२० बजे माछा मार्ने प्रयोजनका प्रयोग हुने एक डुङ्गा पल्टियो भन्ने खवर जापान तटीय गार्डले टेलिफोनमार्फत पाएको बताइएको छ ।

सो डुङ्गाको ७६ टनसम्म माछा बोक्ने क्षमता भएको र अर्को एक डुङ्गाले घिसाएर लगेपछि इन्जिङमा समस्या आई पल्टिएको स्थानीय समाचारदाताले बताएको छ । सो क्षेत्रमा कडा हावा हुरीको कारण मौसम पनि खराब भएको कारण दुर्घटना भएको जनाइएको छ ।

पल्टिएको सो डुङ्गाको चालकदलका एक सदस्यलाई उद्धार गरिएको तर उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको र अन्य आठ जना बेपत्ता रहेका बताइएको छ । बेपत्ता भएका व्यक्तिहरुमा २१ बर्षीय एक इन्डोनेसियाली र सात जान जापानी नागरिकहरु रहेका छन् । रासस