श्रीलंकासँग नेपाल १ रनले पराजित

काठमाडौं,मंसिर ३० -एसीसी यु-१९ युथ एसिया कपको आयोजक देश श्रीलंकासँग नेपाल एक रनले पराजित भएको छ।

श्रीलंकाले २२८ रनको लक्ष्य दिएको थियो। जितको नजिकै रहेको नेपालले अन्तिम ओभरको तीन बल बाँकी रहँदा अल आउट भएर माैका गुमायो।

नेपालले १२६ रन बनाउँदा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ९० रनको योगदान गरे। खेल श्रीलंकाको राजधानी कोलम्बोमा भएको हो।