ट्रिपर दूर्घटनामा चार जनाको मृत्यु

रामेछाप, मंसिर २९। रामेछापमा ट्रिपर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। खाँडादेवी गाविसमा दूर्घटना भएको हो।

मंगलबार साँझ पकरवास-गाल्पा सडक खण्डमा दूर्घटना भएको थियो। निर्माणाधीन सो सडकमा ग्राभेल खन्याएर सो ट्रिपर फर्किदैं थियो। बा २ ख ६८८८ नम्बरको ट्रिपर लिसेपाटी र चोप्राङको बीच डाँडामा दूर्घटना भएको हो। जसमा तीनजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो।

दूर्घटनामा सिन्धुपाल्चोकका ट्रिपर चालक कुमार बिक, सिन्धुली, भिमानका रुपेश भण्डारी, सर्लाहीका विकास पौडेल र ललितपुर, चापागाउँका किरण डाँगीको मृत्यु भएको रामेछाप जिल्ला प्रहरीले जनाएको छ।