युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या, बुटवल तनाबग्रस्त

बुटवल । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएपछि रुपन्देही आसपासका जिल्लामा युवासंघका कार्यकर्ताहरु आक्रोशित भएका छन् । ‘हत्यारालाइ कारवाही गर’ भन्दै युवाहरुले सडकमा नारा लगाएर प्रदर्शन गरिरहेका छन् । तिवारी हत्याको विरोधमा सडकमा निस्किएका युवाहरुले बुटवलको राजमार्ग चौराहामा रहेको प्रहरी विटमा आगजनिको प्रयास गरेका थिए ।

तर प्रहरीको सक्रियता र युवासंघकै नेताहरुको संयमताको कारण विटमा धेरै क्षति भएन । प्रहरी विटमा बेरिएको कपडाको केही भाग जलेको छ । तिवारी हत्याको विरोधमा एकाएक सडकमा निस्किएका युवाहरुले बुटवलबाट बाहिर जाने सवारी साधानलाइ विचबाटोमै रोकेका छन् ।सवारी साधन विचबाटोमै रोकिए पछि यात्रुहरु अलपत्रमा परेका छन । अहिले रुपन्देहीको अवस्था अशान्त छ ।

युवासंघका कार्यकर्ताहरुले नवलपरासी, चीतवन, पाल्पा लगाएतका जिल्लाहरुमा हत्यारालाकार्ई पक्राउ गर्नुपर्ने माग राख्दै साँझपख प्रदर्शन गरेका थिए ।

तिवारीलाई रुपन्देहीको खैरेनीमा गोली प्रहार भएको थियो । गोली लागेर घाईते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नेको पहिचान हुन सकेको छैन।
साभार: लुम्बिनीटाईम्स डटकम

पाँच नम्बर प्रदेशबाट पहाड अलग पार्ने गरी संविधान संशोधन प्रस्तावविरुद्धको अान्दोलनमा तिवारी सक्रिय थिए। आक्रमणकारीको खोजि भइरहेको प्रहरीले बताएको छ ।

, ,