जापानमा पनि धमलाको हमला



काठमाडौं, १० पुस । साताव्यापी जापान भ्रमणमा रहेका रिपोर्टर्स क्लब नेपालका केन्द्रिय अध्यक्ष ऋषि धमलाले जापानमा पनि हमला गरेका छन् ।

जापानको टोकियोमा भएको एक कार्यक्रममा अध्यक्ष धमालाले नेपाली समूदायहरुकावीचमा हमला गरेका छन । टक शो यूनिट जापानले आयोजना गरेको सम्मान तथा अन्तर्किर्या कार्यक्रममा पत्रकार धमलाले हमाला गरेका हुन । अत्यन्तै ठूलो संख्यामा उपस्थित रहेको सो कार्यक्रममा धमलालाई सम्मान तथा बधाई गरिएको थियो । उक्त कार्यक्रम लगत्तै अन्तर्किर्या सुरु गरिएको थियो ।

अन्तर्किर्या कार्यक्रममा धमालालाई जापानवासी नेपालीले कडा प्रश्नहरु तेर्साएका थिए । धमलापनि के कम । उनले पनि हरेक प्रश्नको खरो तथा स्पष्ट जवाफ दिएका थिए ।

कार्यक्रमलाई सफल बनाउनको लागि हामिले नगरे कसले गर्ने ? अभियान जापान, नेपाल जापान विद्यार्थी समाज, समृद्ध नेपाल निर्माण अभियान लगायका सहयोगी संस्थाको रुपमा उपस्थिति थियो । उक्त कार्यक्रममा पत्रकार धमलालाई धेरै सामाजिक संस्थाहरुले सामूहिक अभिनन्दन गरेका थिए ।

कार्यक्रममा धमलाले करिब डेढ घण्टासम्म बोलेका थिए । उनले नेपालको आर्थिक अवस्था, राजनीतिक तरलता र विकासको यात्रामा नेपाल कसरी अघि बढ्छ ? भन्ने विषयमा केन्द्रित रहेर आफ्नो भनाई राखेका थिए । उनले जापानको विकास विश्वमा अनुकरणीय उदाहरण बनेको उल्लेख गर्दै भने,‘जापानको विकासबाट हामीले पनि सिक्नुपर्छ, यहाँको मार्गनिर्देशन, अनुशासन, प्रविधिको प्रयोग, आर्थिक एजेण्डाको बारेमा म आगामी दिनमा छलफल गर्नेछु ।’

धमलाले अघि थपे,‘मैले आज यहाँ हजारौं नेपालीहरुको अघि प्रतिबद्धता व्यक्त गरेको छु, अब समद्धिको यात्रा अघि बढाउनको लागि म पत्रकारिताको माध्यमबाट विशेष भूमिका निर्वाह गर्छु ।’

उनले नेपाल र जापानवीच पनि उच्चस्तरीय राजनीतिक भ्रमणको आदानप्रदान हुनुपर्नेमा जोड दिए । उनले जापानको प्रधानमन्त्रीले नेपाल भ्रमण, नेपालको प्रधानमन्त्रीलाई जापान भ्रमण गराउनको लागि आफूले पहलकदमी लिने समेत विश्वास दिलाए ।

कार्यक्रममा एनआरएनए जापानका पूर्व अध्यक्ष पारसमणि पोखरेल, एनआरएनए अन्र्तराष्ट्रिय समन्वय परिषदका सदस्य कपिलदेव थापा, जनमसम्र्पक समिति जापानका अध्यक्ष डिपी कँडेल, एनआरएनए आईसिसी सदस्य ओम गुरुङ्, प्रवासी मञ्च जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ र पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लका उपस्थिति थियो ।

त्यस्तै कार्यक्रममा एनआरएन जापानका सचिव बुद्धिराज घिमिरे, गल्कोट समाज जापान, गोरखा समाज जापान, रामेछाप समाज जापान, बाँके–बर्दिया समाज जापान, धाडिंग समाज जापान लगायतको उपस्थिति रहेको थियो ।

,