एनआरएन अमेरिकाका उपाध्यक्ष एवम पाचौं साधारण सभाका संयोजक राम सि पोखरेलसंग किशन रेग्मीले गर्नुभएको कुराकानी (भिडियो) -

अमेरिकी प्रवासी नेपाली संस्थाहरुको छाता संगठन एनआरएन, एनसिसी अमेरिकाको चर्चा ब्याप्त छ, अहिले । एनसिसीको आसन्न निर्वाचन, त्यही निर्वाचनमा उठ्ने उम्मेद्वारहरु र समग्र संगठनको बस्तुस्थितिका बारेमा यो जाडो मौसम एनआरएनले तताएको छ । एनआरएनका यिनै बिबिध बिषयहरुमा छलफल गर्न आगामी जनवरी १४ तारिख टेक्सास राज्यको डालसमा सम्पन्न हुनगैरहेको वार्षिक साधारण सभाले प्रवासी अमेरिकी नेपालीहरुको ध्यान खिचेको छ ।vlcsnap-2016-12-29-19h48m31s551
संगठनको अवस्था, साधारण सभाको औचित्य र तयारीका बारेमा एनआरएन अमेरिकाका उपाध्यक्ष एवम साधारण सभाका संयोजक समाजसेवी राम सि पोखरेलसंग कार्यक्रम US संबादमा किशन रेग्मी ले गरेका कुराकानी :