मोडलिङ गर्दै कुमार कान्छा घायल क्षेत्री (भिडियो सहित)

गीत संगीतलाई असाध्यै रुचाउने, शव्द सिर्जना गर्ने, गीत गाउन सक्ने, युवा कुमार कान्छा घायल क्षेत्री अब मोडलिङ गर्ने भएका छन । प्रवाशमा बसेर नेपाली लोक संस्कृतिलाई जगेर्ना गर्न अथक परिश्रम गर्दै आएका कुमार कान्छा घायल क्षेत्रीको अर्को एल्बम सार्वजनिक भएको छ ।

 ‘रोए धेरै वर्ष’ ‘पहिलो मायाँ’ ‘मेरो माया’ जस्ता चर्चित लोकभाकाहरुका रचनाकार क्षेत्रीले ‘मायामा घात’ भन्ने बोलको एल्बममा स्वर दिए । उनको यो गित असाध्यै हिट भएको थियो ।

उक्त गीतमा गायिका तिर्सना घर्ती मगर र कुमार कान्छा घायल क्षेत्रीको स्वर थियो भने शब्द कमला क्षेत्रीको रहेको थियो । इन्द्र जिसीको लय रहेको उक्त एल्वम टि–टाइम म्यूजिकले नै बजारमा ल्याएको थियो ।

अब यसपछि उनको शब्दमा इन्द्र जिसी र लक्ष्मी रेग्मी क्षेत्रीको स्वरमा रहेको ‘भाले बास्छ पोथी बास्दैन’ पनि बजारमा आउने क्रममा रहेको गायक क्षेत्रीले बताए । सदैव गीत संगितकै क्षेत्रमा लागिरहने योजना बनाएका क्षेत्रीले केही समयमा नयाँ म्यूजिक भिडियो पनि बजारमा ल्याउने योजना बनाएका छन् ।

 अब छिट्टै नै कुमार कान्छाकोलाई गायिका सुनितामी परियारले साथ दिएकी छिन । कमला क्षेत्रीको शब्द रहेका गितहरु ‘मायाको बिरामी’ भर्खरै बजारमा आएको छ ।

गायक कुमार कान्छाले निकट भविष्यमा ‘हुम्ला सिमीकोट’ ‘भाले बास्छ पोथी बास्दैन’ ‘फोन गर है सानु’ ‘टाढा नजाऊ सानु’ बजारमा आउनै लागेको जानकारी दिए ।
प्रवासखबरबाट