पाल्पामा स्कुलको सहयोगार्थ महायज्ञ संचालन हुने



यही आउँदो पुष १८ देखि २५ सम्म पाल्पा रामपुरको एक्लेटारमा रहेको सामुदायीक बिद्यालय श्री गंगा उच्च मा. बी. मा महायज्ञ संचालन हुने भएको छ |

बिभिन्न पेशामा संलग्न बुध्दीजीबी, बिद्यार्थी, शिक्षकहरु  लगाएत आम नागरिकहरुको एक बृहत् भेलाले अमेरिकाको विश्वविद्यालयका प्राध्यापक तथा सो बिद्यालयका पूर्ब बिद्यार्थी डा. रूद्र अर्यालको संयोजक रहेको ५०५ सदस्य मूल समारोह समीती गठन गरेको छ |

 डा. अर्याल अमेरिकाको नेपाली डायस्पोरामा सक्रिय रुपमा लाग्नुको साथै बाताबरण संबंधी विषयको अनुसंधानकर्ता पनि हुनुहुन्छ|

पंडित नारायण प्रसाद नेउपानेबाट कथा बाचन हुने सो महायज्ञमा बिभिन्न धर्मीक संबंधी झांकीहरु पनी संचालन गरिने भएको छ | पाल्पा जिल्लाको साथै नेपालकै सामुदायिक सकुलहरु मध्यमा शिक्षाको उत्कृष्ठ नतीजा ल्याउन सफल भईरहेको सो स्कुल आर्थीक रुपमा भने कमजोर अबस्थामा रहेको  छ |

यो विद्यालयले आर्थीक अबस्था कमजोर भएका, प्रतिभाभान बिद्यार्थीहरुलाई बिशेष सहयोग गर्दै उनीहरुको अध्यनलाइ सहज बनाउँदै आएको छ |

धेरै शिक्षकहरु निजी स्तरबाटै सहयोग गर्नपर्ने अबस्था रहेको बेलामा आधुनिक तरीकाबाट स्कुल संचालन गर्नुको साथै प्राविधिक शिक्षाको पनि संचालन गर्न सहयोग पुगोस भनी सो महायज्ञ संचालन गर्न लागिएको कुरा डा. अर्यालले द नेपाल टुडेलाइ बताउनु भयो | सो स्कुलमा डा. अर्यालकै सहयोगमा कम्प्यूटर कक्षा पनि संचालन हुदै आएको छ |


,