राति नुहाउँदाका यी फाइदा जानिराख्नुस्



तस्बीर: वेब

आजकलको जिन्दगी भागदौड र प्रदूषणले आक्रान्त छ । दिनभरि भागदौड गरेपछि राति मजाले निद्रा लाग्न जरुरी हुन्छ । राति नुहाएर सुत्दा राम्रो निद्रा लाग्छ र शरीरमा अनेकौं समस्या पनि कम हुन्छन् ।


चिसो र तातो पानीले स्नान गर्ने 
चिसो पानीले नुहाउँदा दिमाग ठन्डा रहन्छ र शरीरको सौन्दर्य पनि बढ्छ । तातो पानीले नुहाउँदा रक्तसञ्चार सही अवस्थामा रहन्छ । नुहाएपछि दिनभरिको थकान मेटिन्छ र गजबको निद्रा लाग्छ ।

मोटोपना घट्छ
एकदमै तातो वा एकदमै चिसो पानीले नुहाउँदा हाम्रो शरीरका क्यालोरीहरू डढ्छन् र मोटोपन घट्छ ।

छालामा चमक 
चिसो पानीले नुहाउँदा छाला चम्किलो हुन्छ । तपाईंलाई पिम्पल्स छन् भने चिसो पानीले नुहाउनुस् । यसले तपाईंको छाला रुखो हुनबाट बचाउँछ ।

रोगप्रतिरोधक क्षमतामा वृद्धि
राति नुहाउँदा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ ।

मूड फ्रेश 
नुहाउँदा हाम्रो अनुहार पनि खुलेर चम्किन्छ अनि मूड पनि फ्रेश हुन्छ । राति मजाले निद्रा लाग्छ ।

रक्तचाप नियन्त्रण 
उच्च रक्तचापको समस्या छ भने राति नुहाउँदा त्यसमा कमी आउँछ ।

पञ्जाब केशरी