राष्ट्रपतिको आव्हानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं, १९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षलाई आज आइतबार छलफलका लागि बोलाएकी छन् ।

नेपालको संविधानको संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको राष्ट्रपति कार्यालयबाट थाहा भएको हो ।

छलफलका लागि आज ४ बजे अगाडि शीतलनिवास आउन फोनमार्फत बोलावट भएको नेताहरुले बताएका छन् । छलफलमा दलहरुबीच संविधान संसोधनमा विषयमा देखिएको धुव्रीकरण र समाधानका लागि मिलेर जान राष्ट्रपतिले आग्रह गर्नेछिन् ।