आमा बन्न चाहेको कंगना रनावतको खुलासा

एजेन्सी, पुस ४-बलिवुडमा आफ्ना कुरा प्रष्ट रुपमा राख्ने अभिनेत्रीका रुपमा चिनिने अभिनेत्री कंगना रनावतले आफु आमा बन्न चाहेको खुलासा गरेकी छन् ।हालै उनले दिएको एक अन्तर्वार्तामा २९ बर्षिय अभिनेत्री कंगनाले यस्तो खुलासा गरेकी हुन् ।

अविवाहित कंगनाले आफु अहिले आएर आत्म निर्भर भएको महसुस गर्न लागेको र आफुमा मातृत्वको भावना आउँ थालेको बताएकी छन् ।उनले आफुले यस्तो कुरा गर्छु भन्ने कहिल्लै पनि नलागेको भन्दै समय आएपछि यस्तो कुरा आफै व्यक्त भएको उल्लेख गरेकी छन् ।

सन् २००६ बाट फिल्म ग्यांगस्टरबाट बलिवुडमा प्रवेश गरेकी कंगनाले तीन राष्ट्रिय पुरस्कार जितिसकेकी छन् । उनले अभिनय गरेको फिल्म फेशन, क्विन, तनु विड्स मनु चर्चित छन् उनका अब आउदै गरेका फिल्म रंगुन, रानी लक्ष्मी बाई र सिमरनलाई लिएर निकै उत्साहित रहेकी कंगना हालै चर्चित अभिनेता ऋतिक रोशनसँगको प्रेम समबन्ध र विवादलाई लिएर निकै चर्चामा आएकी थिइन् ।