एसएलसी टपर डाक्टर ज्ञवाली विश्वप्रसिद्ध जर्नलको सल्लाहकारमा नियुक्त


ह्याप्पी बन्धु, जापान  
जापानमा क्यान्सर उपचारको विशेषज्ञ तालिम लिइरहेका नेपाली डाक्टर विश्व प्रसिद्ध मेडिकल जर्नलको सल्लाहकारमा नियुक्त भएका छन् । २०५९ सालका एसएलसीको बोर्ड टपर डा. विशाल ज्ञवाली द ब्रिटिश मेडिकल जर्नल (बीएमजे)को सल्लाहकारमा नियुक्त भएका हुन् ।


विश्वकै पुरानो उक्त जर्नलको सल्लाहाकारमा नियुक्ती हुने उनी पहिलो नेपाली हुन् । बीएमजेले पाँच जनालाई सल्लाहकारका रुपमा नियुक्ती गरेको हो । पाँचमध्ये उनी एसियाबाट नै प्रतिनिधि गर्नेमध्ये एक हुन् । बीएमजेले उनीसहित अमेरिकाका दुई र अन्य दुई जना विभिन्न जर्नलमा सम्पादक भैसकेका व्यक्तिलाई नियुक्त गरेको छ ।


सल्लाहाकारका रुपमा नियुक्त भएका डा. ज्ञवाली सबैभन्दा कान्छा सल्लाहाकार पनि हुन् । डा. ज्ञवाली हाल जापानको नागोया विश्वविद्यालयमा क्यान्सर उपचारको विशेषज्ञ तालिम तथा मेडिकल अंकोलोजिमा पिएचडी गरिरहेका छन् । पाँच वर्षे अध्ययन कोर्षका लागि जापान पुगेका डा. ज्ञवालीको अब एक वर्ष अध्ययन समय बाँकी छ । अध्ययन सकेपछि उनी नेपाल फर्केर सेवा गर्ने बताउँछन् ।


‘बीएमजेको सल्लाहाकारमा नियुक्ती पाउनु मेरो लागी ठुलो जिम्मेवारी हो । म यो जिम्मेवारीलाई पूर्ण रुपमा पुरा गर्दै नेपालको नामलाई चिनाउने छु’ उनले  भने, ‘विश्वभरमा भएका उत्कृष्ट अनुसन्धानलाई हेर्ने यो संस्थाबाट सिकेका कुराहरुलाई नेपालमा उपयोग समेत गर्नेछु ।’

, ,