नवौं नेफ्टा अवार्ड दुबईमा सम्पन्न

श्रीकृष्ण भट्टराई 
नवौं नेफ्टा अवार्ड दुबईमा शुक्रबार अबेर भव्यरुपमा सम्पन्न भएको छ |

 वड़ा नंबर छ बाट उज्जवल घिमिरेले  सर्वोत्कृष्ट निर्देशकको वार्ड जित्दा उत्कृष्ट चलचित्रको अवार्ड ‘पशुपति प्रसाद’ले पायो । अभिनेतातर्फ कबड्डी कबड्डीबाट दयाहाङ राई र क्लासिकबाट सर्वोत्कृष्ट अभिनेत्री  नम्रता श्रेष्ठ घोषित भइन् ।

नायक राई भने कार्यक्रममा उपस्थित थिएनन |

डेब्यु अभिनेताको अवार्ड पल शाहले नाइँ नभन्नू ल ४ बाट जीते | डेब्यु अभिनेत्रीमा अरु आवर्डमाजस्तै ड्रीम्सबाट साम्राज्ञी शाहले हात पारिन |नेगेटिभ पात्रको उपाधिमा पशुपति प्रसादबाट बिपिन कार्की बिजयी भए |

धेरै आवार्ड हात पार्ने चलचित्रमा प्रेम गीत परयो | सर्वोत्कृष्ट संगीतकार विधामा अर्जुन पोखरेल, उत्कृष्ट पाश्र्वगायकमा सुगम पोखरेल, पाश्र्वगायिका अञ्जु पन्त, सर्वोत्कृष्ट कस्ट्युम डिजाइनर युवी थापा र योगिता पुन, उत्कृष्ट नृत्य निर्देशक रिनशा राई प्रेम गीतबाट बिजयी भए | पूजा शर्मा यसवर्षकै लोकप्रिय अभिनेत्री घोषित भइन् । अनमोल केसी वर्ष ०७२ का लोकप्रिय अभिनेता घोषित भए |

सहायक अभिनेता विधामा शुपति प्रसादबाट प्रकाश घिमिरे र सहायक अभिनेत्रीमा जन्मभूमिबाट निश्मा घिमिरेले हात पारे |

सर्वोत्कृष्ट छायांकार नाइँ नभन्नू ल ४ बाट पुरुषोत्तम प्रधान र फन्कोबाट बिपिन मल्ल सर्वोत्कृष्ट सम्पादक बने | पशुपति प्रसादबाट खगेन्द्र लामिछानेले उत्कृष्ट संवाद विधामा जीते भने पटकथामा फन्कोबाट सुवर्ण थापाले आवार्ड उचाले |

कथा विधामा कबड्डी कबड्डीबाट रामबाबु गुरुङ बिजयी भए | नाइँ नभन्नू ल ४ बाट कृष्णहरि बराल सर्वोत्कृष्ट गीतकार घोषित भए । फन्कोबाट सुजिल कर्माचार्य सर्वोत्कृष्ट ब्याकग्राउन्ड स्कोरर बने । वडा नम्बर ६ बाट राजन इसानले संगीत संयोजनको आवार्ड हात पारे|उत्तम न्यौपानेले धौलीबाट ध्वनी मिश्रण विधामा ,पासाङ टी शेर्पाले वडा नम्बर ६ का लागि कला निर्देशकको, श्रृंगार विधामा दीपु पौडेलले को–आफ्नोबाट  र भैरवबाट हिमाल केसीले एक्सन विधामा जीत हासिल गरे |

डेढसय फिल्ममा भान्छा सम्हालेका कूलबहादुर महत जेठा दाई र नन्दबहादुर गर्मुछान मगरलाई जनही २५ हजार नगद र ताम्रपत्रसहित दीर्घसाधना सम्मान प्रदान गरियो | सामाजिक कार्यबापत राष्ट्रिय योगदान दिएको भन्दै सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई पनि सम्मान प्रदान गरियो ।अभिनेत्री दीपाश्री निरौलालाई बरिष्ठ निर्देशक एवं निर्माता नीर शाह र नेपाल  प्रहरी का एसएसपी सर्बेन्द्र खनालले प्रोत्साहन सम्मान प्रदान गरे ।

नेफ्टा स्वर्णिम सम्मानबाट तीन पाका अभिनेत्री भुवन चन्द, चैत्य देवी र बसुन्धरा भुषाल सम्मानित भए ।नेपाल प्रहरीका डीआइजी नवराज सिलवाललाई सुरक्षा स्थापनामा योगदान दिलाएको भन्दै सम्मान गरियो ।

दुबईस्थित आयोजक संस्था कन्सेप्ट भिजन फिल्म डिष्ट्रिब्युसनका सालिक सुवेदी, राजन अधिकारी र अनिशसिंह ठकुरीलाई सम्मान दिइयो ।कार्येक्रम मा नायक नायिका राजेश हमाल ,करिश्मा मानन्धर ,नम्रता सापकोटा ,नाजिर हुसैन ,अनूप बिक्रम ,पल शाह , पूजा शर्मा, माला सुब्बा, मलीना जोशी, शंकर बीसी, केकी , बेनिशा हमाल , चुल्ठीम डोलमा लगाएतले स्टेज तताएका थिए |

 कार्यक्रम दिनेश डीसीले सञ्चालन गरेका थिए भंने दीपक राज गिरी र जितु नेपाल ले साथ दिएका थिए |

तस्बीरहरु: श्रीकृष्ण भट्टराई 






,