मुग्लिनमा बस खस्यो, १ को मृत्यु २६ घाइते

चितवन, पुस १२–मुग्लिन नारायणगढ सडक खण्डको कालिखोलामा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ। सोमबार मध्यरातमा भएको सो दुर्घटनामा २६ जना यात्रु घाइते भएका छन्। केहीको अवस्था गम्भीर छ।

यात्रु बस सडकबाट लगभग सय मिटर तल खसेको प्रहरीले जनाएको छ। मलंगवाबाट काठमाडौं जाँदै गरेको ना ४ ख ५४४२ नम्बरको यात्रु बस मध्यरातको पौने १ बजे दुर्घटना भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बस सडकबाट करिव सय मिटर तल खसे पनि त्रिशुली नदीमा भने नपुगेकोले धेरै यात्रुको ज्यान जोगिएको उद्धारमा संलग्न प्रहरीले बताए।