दयाहाङ अभिनित ‘सेतो सुर्य’ एसियाकै उत्कृष्ट फिल्म


दयाहाङ राई अभिनित फिल्म ‘सेतो सुर्य’ले सिंगापुरमा सम्पन्न फिल्म फेस्टिभलमा एसियाकै उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । एसियाको प्रतिष्ठित फिल्म फेस्टिभल, सिंगापुर फिल्म फेस्टिभलुमा सर्वोत्कृष्ट घोषित भएको हो ।

उत्कृष्ट फिचर फिल्म बनेको सेतो सुर्यले विजयी भए पश्चात ५० हजार सिंगापुर डलर आफ्नो पक्षमा पार्यो । विभिन्न १० देशका फिल्महरुलाई पछि पार्दै नेपाली फिल्म उत्कृष्ट भएको हो । फिल्मलाई दिपक रौनियारले निर्देशन गरेका छन् । रौनियार र दया फेस्टिभलमा सहभागी भएर आईतबार नेपाल फर्के ।

दयाहाङ र रौनियार विमानस्थल आईपुग्दा निर्माता छिरिङ रितार शेर्पा, रविन्द्रसिंह बानियाँ सँगै चलचित्र विकास वोर्डका पदाधिकारी सहितको टोलीले स्वागत गरेको थियो । त्यसपश्चात दया र रौनियारले एक स्वरमा सेतो सुर्यको जीत समग्र नेपाली फिल्म क्षेत्रको जीत रहेको बोले ।

 यो फिल्म यहि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।