सारंगा श्रेष्ठले बाल्टीमोरमा डान्स सिकाउने



बाल्टीमोरबासी नेपालीहरूलाई नेपालकी चर्चित नायिका तथा प्रसिद्ध नृत्यांगना सारंगा श्रेष्ठले नचाउने भएकी छिन |

यसको बन्दोबस्त एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोले मिलाएको छ | "लामो समयसम्म डान्स क्लास सञ्चालन गरेर बिचमा हुन सकेको थिएन | अब फेरी धमाकासंग हुनेछ |" एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोका संचालक मास्टर कुमार कार्कीले द नेपाल टुडेलाई बताउनु भयो |

डान्स क्लास हरेक आईतबार हुनेछ | यो क्लास जनवरी ८ देखि शुरू हुदै छ | पहिलो समूहमा १३ देखि १९ बर्षका युवा युवतीले सिक्न सक्ने छन | दोस्रो समूहमा ५ देखि ११ बर्षका केटाकेटीलाई सिकाईने छ | र आमाबुवाका लागि बेग्लै क्लास हुनेछ |

"नेपालकी चर्चित नायिका तथा प्रसिद्ध नृत्यांगनाद्वारा डान्स सिकाईने भएकोले धेरै जनाले शुभकामना दिनुभएको छ र सहयोग गर्ने बताउनु भएको छ |" कुमार कार्कीले भन्नुभयो | "बिगतमा पनि हाम्रो क्लास सफलताका साथ भएको थियो, यसपटक पनि हुनेछ" कार्कीले भन्नुभयो |

थप जानकारीका लागि
एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो

8631 Walther Blvd
Nottingham, Maryland 21236

Call (410) 657-7399


, , ,