प्रचण्डको राष्ट्रियताप्रती नै शंका - माधव कुमार नेपाल


 अमेरिका डिसेम्बर ७ /

 अमेरिका भ्रमणमा रहेका नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधनको प्रस्तावले नेपाली जनतालाई आपसमा भिडाउने काम गरेको टिप्पणी गर्नु भएको छ । अमेरिकामा रहेका नेपाली पत्रकारहरुसँगको लाइभ भिडियो पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, "कसलाई खुसी पार्न यस्तो प्रस्ताव ल्याइएको हो मैले बुझेको छैन |"

अहिले ल्याईएको संविधान संशोधन प्रस्तावले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रिय भावना माथि नै शंका गर्नु पर्ने अवस्था आएको नेपालले बताउनु भयो ।

"प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसङ्ग सल्लाह नै नगरी प्रस्ताव ल्याउनुभयो । हामीसँग त गर्नु भएन भएन, स्वयम् सत्तारुढ दलसँग पनि गर्नुभएन, मधेसी मोर्चासँग पनि गर्नुभएन । त्यही कारण अहिले उहाँको प्रस्ताव स्वयम् उहाँका लागि प्रत्युत्पादक भएको छ ।" नेता नेपालले भन्नुभयो |

लाइभ भिडियो अन्तरकृया कार्यक्रममा राधाकृष्ण देउजाले नेता नेपाल र संचारकर्मी बीच समन्वय गर्नु भएको थियो | नेता नेपाल बुधबार नेपाल फर्कने कार्यक्रम रहेको बुझिएको छ |

,