जोर्डन बन्दुक आक्रमणमा पाँचको मृत्यु

अम्मान –जोर्डन),  पुस४-जोर्डनको दक्षिणी क्षेत्रमा अवस्थित एक प्रहरी कार्यालयमा आइतबार अज्ञात समूहद्वारा गरिएको आक्रमणमा परी चार प्रहरी र एक क्यानडेली पर्यटककोे मृत्यु भएको यहाँको सुरक्षा स्रोतले जनाएको छ ।

घटनामा केही प्रहरीसहित नौ जना घाइते भएका छन् । जोर्डनको धार्मिक एवम् पर्यटकीय महत्वको काराक क्षेत्रमा अवस्थित एक शहर उक्त प्रहरी कार्यालयमा गरिएको आक्रमणको आइतबार साँझसम्म कसैले जिम्मेवारी लिएको छैन ।

प्रहरीले घटनामा संलग्न मानिसको खोजी कार्य जारी राखेको बताउँदै दोषीलाई कानुनबमोजिम कारबाही गरिने बताएको छ । घटना जोर्डनको राजधानी अम्मानबाट १२० किलोमिटर दक्षिणमा अवस्थित पर्यटकीय सहरमा भएको थियो । रासस÷एएफपी