अन्तराष्ट्रिय कलाकार मञ्च युरोप महाशाखा अध्यक्षको प्रेस बिज्ञप्ती



अन्तराष्ट्रिय कलाकार मञ्च युरोप महाशाखाद्वारा शाखामा देखिएको बिबाद बारे अध्यक्ष दयाराम पौड्यालले एक प्रेस बिज्ञप्ती जारी गरेका छन | विज्ञप्ति यस प्रकार छ :

प्रेस बिज्ञप्ती

आफु मात्र कलाकार र अरु सबैलाई मानब तस्कर हुन् भन्दै दुई बर्ष महा सचिब र पछिल्लो चार बर्ष अध्यक्ष भएर केही काम गर्न नसकेका, पछिल्लो पटक उनकै अध्यक्षतामा भएको भेला बाट हटाइएका अन्तराष्ट्रिय कलाकार मञ्च युरोप महाशाखाका भूतपुर्ब अध्यक्ष उज्ज्वल केसीको उक्साहट र सँलग्नतामा युरोप महाशाखाले केही दिन अघि नियम बिपरित काम गरेकाले बर्खास्त गरेका महासचिब लक्ष्मण जोशीले भ्रमपूर्ण तरिकाले फेसबुक र अनलाइनहरुमा मँच बिभाजन भएको भन्ने भ्रमपूर्ण हल्ला चलाएकोले सो निन्दनिय कार्यको भ्रत्सना गर्दै उज्ज्वल केसी र लक्ष्मण जोशी दुबै मँचको युरोप महाशाखाको कुनै पदमा नरहेको र वहाँहरु दुबै जनालाई संस्थाको छबी माथि हिलो छ्याप्ने दुस्साहस नगर्न युरोप महाशाखा चेतावनी दिन चाहन्छ । यस प्रकारको वहाँहरुको भ्रममा नपर्न र मँचको केन्द्रलाई समेत बिबादमा तान्न केसी र जोशीले गरेको दुस्प्रयासबाट सजक रहन मँचका महाशाखा र नजिकमा रहेका शाखाहरु सँग युरोप महा शाखा हार्दिक अनुरोध गर्दै यस्ता गुटबन्दी गर्ने, संस्थामा समेत नरहेका
ब्यक्ती बाट सचेत रहन सम्बन्धित सबैमा युरोप महाशाखा आग्रह गर्दछ ।
 * दयाराम पौड्याल - अध्यक्ष
अन्तराष्ट्रिय कलाकार मञ्च युरोप महाशाखा